दफा २१
बेरुजु असुल फछ्र्यौट र नियमित गर्ने
(१) लेखापरीक्षणको प्रतिवेदनमा दर्शाइए बमोजिम बेरुजु असुल फछ्र्यौट र नियमित गरी गराई संपरीक्षण गराउने कार्यविधि तोकिएबमोजिम हुनेछ ।
(२) असुल उपर गर्नुपर्ने तथा तिर्नु बुझाउनु पर्ने भनी औंल्याइएका बेरुजु बाहेक अन्य बेरुजुहरूको हकमा प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रीत नपुगेको तर सरकारी नगदी जिन्सीको हानी नोक्सानी नभएको पुष्ट्याई र मनासिब कारण भएमा तोकिए बमोजिमको कार्यविधि अपनाई नियमित गरी संपरीक्षण गराई फछ्र्यौट गर्न सकिनेछ ।
(३) महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुहरूको सम्बन्धमा व्यवस्थापिका–संसदको सार्वजनिक लेखा समितिमा लिखित जवाफ दिने, समितिको बैठकमा उपस्थित भई छलफलमा भाग लिई सो सम्बन्धमा आफ्नो प्रतिकृया व्यक्त गर्ने र बेरुजु फछ्र्यौट
सम्बन्धी काम कारबाही गर्ने गराउने उत्तरदायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ ।
(४) उपदफा (३) बमोजिम âव्यवस्थापिका–संसद सार्वजनिक लेखा समितिमा छलफल भई व्यवस्थापिका–संसदमा पेश गरेको सुझाव व्यवस्थापिका–संसदबाट स्वीकृत भएपछि उक्त प्रतिवेदनमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने गराउने कर्तव्य सम्बन्धित मन्त्रालयको हुनेछ ।
(५) बेरुजु फछ्र्यौट सम्बन्धी कार्यविधि तोकिएबमोजिम हुनेछ ।